छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास - www.sidhakura.com
Source: dhku
आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले छुरा प्रहार गर्दा गंगा राई गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएकोमा बिहान ९ बजेर ५० मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।