Redirecting...

विष्णु थापाको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित - ukaalo.com

विष्णु थापाको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित - ukaalo.com
Source: uklo

काठमाडौँ– पत्रकार विष्णु थापाद्वारा लिखित पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचन भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका हुन्। लेखक थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए। अन्नपूर्ण पोस्ट्मा कार्यरत थापा दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन्। पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन्। पुस्तक २६० पृष्ठको छ।