Redirecting...

सरकारको प्राथमिकता निर्वाचन - ehimalayatimes.com

सरकारको प्राथमिकता निर्वाचन - ehimalayatimes.com
Source: hmlt

संसारका कुनै पनि मुलुकमा निर्वाचित सरकार नै वैध मानिन्छ । कुनै पनि आन्दोलन वा कुनै क्रान्तिबाट गठन भएको सरकारको काम निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता सुम्पनु हो । निर्वाचन समयमा सम्पन्न गरेर सत्तालाई सुम्पेर आफ्नो इज्जतलाई सुरक्षित राख्नु नै अन्तरिम सरकारको प्रमुख दायित्व मानिने गरेको हुन्छ । यदि समयमा निर्वाचन गराउन सकिएन र सत्तालाई नै भोगको साधन मानियो भने अन्तरिम सरकार र सरकारप्रमुखप्रति जनता र राजनीतिक दलको विश्वास कम हुने कुरालाई नकार्न सकिँदैन । यही हो अन्तरिम सरकारको दायित्व र कर्तव्य पनि । यो कर्तव्यलाई पूरा गर्न वर्तमान सरकार सक्रिय देखिएको पाइन्छ । न्याय सेवामा समर्पित व्यक्तिको नेतृत्वमा गठित सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नेछ भन्नेमा नेपाली जनता विश्वसित रहेका छन् । नेपालको राजनीतिमा सदा तानाशाही शासकीय व्यवस्थाविरुद्ध लडेको नेपाली कांग्रेस अहिले पन्ध्रौं महाधिवेशनको सङ्घारमा उभिएको छ । नेपालका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिश पनि भइरहेको छ । नेकपा एमाले एघारौं महाधिवेशनमा होमिइसकेको छ । आउँदो नेतृत्व कसले हत्याउने हो त्यो कार्यकर्ता र प्रतिनिधिहरूबीचमा छलफल जारी नै छ । २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनको मूल अस्तित्व देशमा बढ्दै गएको अनियमितता र भ्रष्टाचारले देश थला परेको तथ्य थियो । नेताहरूले गरेका कामबाट असन्तुष्ट बनेका युवा सड्कमा आए । ती युवा राजनीतिक दलसित सम्बद्ध थिए पनि थिएनन् त्यो अनुुसन्धानको विषय होला ? तर देशमा निर्वाचनबाट स्थापित भएको सबैभन्दा ठूला दलबाट गठित भएको सरकारलाई दुई दिनको आन्दोलनबाट नै विस्थापित गरिदिए । सबैभन्दा शक्तिशाली मानिने नेपालको राजनीतिका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार युवापुस्ताका अघि टिक्न सकेन । प्रधानमन्त्रले राजीनामा दिए । नेपालको राजनीतिमा पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । यो सरकारको काम आउँदो फाल्गुण २१ गते संसदीय निर्वाचन गराएर आएका प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु हो । यही जिम्मेवारीका साथ सरकार गतिशील बनेको छ । यो सरकारको सफलता नै निर्वाचित सरकारलाई आफूले समालेको सरकार दिनु हो । आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य यो सरकारको छ भन्ने सन्दर्भलाई पटकपटक व्यक्त प्रधानमन्त्रीका अभिव्यक्तिबाट पनि देखिएको पाइन्छ । दलहरू जुटेनेपालको राजनीतिमा सदा तानाशाही शासकीय व्यवस्थाविरुद्ध लडेको नेपाली कांग्रेस अहिले पन्ध्रौं महाधिवेशनको संघारमा उभिएको छ । नेपालका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिश पनि भइरहेको छ । नेकपा एमाले एघारौं महाधिवेशनमा होमिइसकेको छ । आउँदो नेतृत्व कसले हत्याउने हो त्यो कार्यकर्ता र प्रतिनिधिबीचमा छलफल जारी नै छ । दलहरू जुटेका छन् आन्तरिक लोकतन्त्र र निर्वाचनमा । सक्रियता बढेको छ दलहरूको । आन्दोलनकर्ता जेन-जी समूहका युवाहरू प्रधानमन्त्रीसित किस्ताबन्दीमा आफ्ना मागलाई सम्बोधन गराउन जुटिरहेकाछन् । उनीहरू मंसिर २४ गते सरकारसित दशबुँदे सहमतिमा पुगेका छन् । संविधान संशोधनका प्रस्तावमा समेत हस्ताक्षर भएको छ । संविधान संशोधन आफैं होइन प्रतिनिधिसभाबाट हुने हो । दलहरू निर्वाचनमा होमिँदा जेन जी मूलतः सम्झौतामा हस्ताक्षर गरिरहेका छन् । उनीहरू कति दलमा विभाजन छन् । निर्वाचनमा भाग लिने हुन् वा होइनन् यो आउँदो निर्वाचनबाट ज्ञान हुने होला ? नेपालका ठूला दल भने निर्वाचनमा होमिइसकेको देखिन्छ । नेकपा माओवादीलाई विस्थापित गरेका प्रचण्ड पनि नेपाली कम्युनिष्ट पार्टीको गठनसँगै निर्वाचनमा जान तयार देखिएको पाइन्छ । विभिन्न राजनीतिक दलले आफूलाई निर्वाचनमा लैजानु लोकतन्त्रका लागि राम्रो र सुहाउँदो कुरा हो तर निर्वाचनपछिको अवस्था के हुने हो त्यो भने हेर्न नै बाँकी छ । आउँदो निर्वाचनमा जनताले विश्वास गर्छन् वा गर्दैनन् यो पाएको मत परिणामबाट मात्र जानकारीमा आउनेछ । तर, दलहरूको सक्रियता र निर्वाचन प्रत्यासीसमेत छानेर पठाउने कांग्रेसलाई भने निर्वाचन लागिसकेको भान हुन्छ । नेकपा एमाले पनि आफ्नो एघारौं महाधिवेशनको समापनपछि अवश्य निर्वाचनमा होमिने नै छ । अन्य नयाँ र गएको निर्वाचनमा आफूलाई सफल बनाएका दलहरूको अवस्था के हुने हो त्योहेर्न बाँकी नै छ । राजनीति विचारसम्मत हुनु आवश्यक छ । राजनीति दर्शनमा केन्द्रित हुनुपर्दछ । आउँदो निर्वाचनमा कुनै पनि राजनीतिक दलका नेता स्वच्छ छवि भएको हुनुपर्दछ । राजनीति सधैं एउटै व्यक्तिको हुनु हुँदैन । आफूलाई राजनीतिमा समर्पित गरेका र जनतामा लोकप्रिय व्यक्तिलाई निर्वाचनमा सहभागी गराएमा यी राजनीतिक दल नै पुनः यो देशको शासकीय बागडोर सम्हाल्न सफल हुने कुरालाई नकार्न सकिँदैन । इमानदारीता, देशप्रतिको बफादारिता, राष्ट्रप्रेम र स्वच्छ छवि भएका व्यक्ति नै आउँदो निर्वाचनमा उम्मेद्वार बन्नेछन् भन्ने सन्दर्भलाई आजका जनताको चाह पनि हो । नेपाली जनताको चाहना र राजनीतिक दलका शीर्ष नेताप्रति युवाले देखाएको विद्रोहलाई वर्तमान नेतृत्वले अवश्य पनि मूल्यांकन गर्नेछ भन्नेमा नेपाली मतदाता पूर्णतः विश्वस्त रहेनेछन् भन्नेमा दुई मत देखिँदैन । प्रजातन्त्रको सुन्दर उपहार सावधिक निर्वाचनमा राजनीतिक दल होमिनुलाई नै मानिन्छ । नेपाली जनताको पनि सक्रिय सहभागिता नेपालका ठुला र साना राजनीतिक दलले चाहेका छन् । निर्वाचनको परिणाम के होला ?नेपालको निर्वाचन प्रणालीका आधारमा अब हुने निर्वाचन पनि कसैको बहुमत आउँदैन । समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा गरिएका दुई निर्वाचनको अवस्था यही नै देखियो । यही फागुनमा हुने निर्वाचनमा पनि बहुमत कुनै पार्टीको आउने लक्षण देखिँदैन । नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । ती दलको परिणाम कस्तो हुने त्यो हेर्न नै बाँकी छ । आउँदो निर्वाचनमा नो भोटको व्यवस्था राखिने सन्दर्भ पनि बाहिर आएको छ । के हुने हो त्यो निर्वाचन आयोग नै जानोस् । सक्रिय रहेका र आफूलाई देशको विकास र राजनीतिमा सबल मानेका दलहरूको अवस्था के कस्तो हुने हो त्यो निर्वाचन परिणामले नै बताउनेछ । जीवनभर चुनाव लडिरहने व्यक्ति आजको आवश्कता होइन । मतदाता पुराना दलसित सन्तुष्ट छैनन् । मतदाताले स्वतन्त्र व्यक्तिलाई पनि छानेर पठाउन सक्छन् भन्ने प्रमाण गति निर्वाचनले देखाएको छ । देशलाई यो अवस्था ल्याउने राजनीतिक दलका शीर्ष नेताले विश्राम लिने अवसर आएको छ । यो निर्वाचन युवाको होस् । यो निर्वाचन संभावना बोकेका तरुणको होस् । यो निर्वाचन देशलाई गति दिन र विकास गर्न तम्सेका सबल पक्षको होस् । निर्वाचित सरकारलाई अपदस्त गर्ने युवाको नेतृत्व आजको आवश्यकता पनि हो । आजको युवा राजनीतिबाट होइन राजनीतिक दलका शीर्ष नेताप्रति असन्ततुष्ट छ । देशलाई लुटे भन्ने भाव आजको युवापुस्तामा छ । विदेशमा बसेको युवा पनि वर्तमान नेतृत्वप्रति पूर्णतः असन्तुष्ट छ । राजनीति गरेर देशलाई गणतन्त्रमा पुर्‍याउने योगदान आजका शीर्ष नेताले गरेका हुन् । त्यसमा कसैको पनि शंका छैन तर आजको पुस्ता तिम्रो नेतृत्व स्वीकार गर्ने पक्षमा छैन । उम्मेदवार नयाँ वा युवा हुनु अनिवार्य छ । जीवनभर चुनाव लडिरहने व्यक्ति आजको आवश्कता होइन । मतदाता पुराना दलसित सन्तुष्ट छैनन् । मतदाताले स्वतन्त्र व्यक्तिलाई पनि छानेर पठाउन सक्छन् भन्ने प्रमाण गति निर्वाचनले देखाएको छ । देशलाई यो अवस्था ल्याउने राजनीतिक दलका शीर्ष नेताले विश्राम लिने अवसर आएको छ । आफूले गरेको योगदानको कदर जनताले आजसम्म नेता मानेबाट नै देखिएन र ! आउँदो निर्वाचनमा सहभागी नभई लोकप्रिय युवा नेतालाई निर्वाचनमा सहभागी गराउन आवश्यक देखिन्छ । निर्वाचनमा खसेको मतमा बहुमत नो भोटको अवस्था नआओस् भन्ने भावनालाई पनि वर्तमान नेतृत्वले बुझ्न आवश्यक देखिन्छ । नेपालको राजनीति अब युवा पुस्तामा जानु आवश्यक देखियो । भ्रष्टाचार नगर्ने, युवालाई आफ्नो जिम्मेवारी वहन गर्ने जिम्मा दिन सक्ने र देशको विकासलाई नै प्राथमिकतामा राख्ने व्यक्ति वा पुस्ता आजको युवाको चाह पनि हो । मतदाताले पुरानो नेतृत्वलाई अस्वीकार गर्ने तथ्य बाहिर आइसक्यो । कतिपय विघटित प्रतिनिधिसभाका सदस्यले अब म निर्वाचन लड्दिन भन्दै स्वघोषणा गरेका समाचार बाहिरिन थालेका छन् । यस्तै अवस्थालाई बुझेर पुरानो पुस्तालाई आरामको आवश्यकता आजको युवाले चाहेको छ । राजनीतिमा उमेर केही होइन भन्ने तर्क पनि छन् । तर सधैं भ्रष्टाचार गर्ने आफू र आफन्तलाई पोस्ने, योग्य र क्षमतावान् व्यक्तिलाई पाखा लगाउने, अकूत सम्पत्ति कमाएर राजनीतिलाई भोगविलासको साधन सम्झिने प्रवृत्तिको अन्त्य गत आन्दोलनले गरेन र ! अझ पनि आफूलाई सबैभन्दा उच्च राखेर सोच्ने काम शीर्ष नेतृत्वले नगरे हुन्छ । यदि निर्वाचनमा पुनः सक्रिय भयौ भने तिमीविरुद्ध मतदाता नो भोटको अवस्थामा जाने छन् । देशको राजनीतिमा नयाँ अध्याय थप्ने अवसर युवालाई दिने प्रयासमा लाग । देश र जनताको आवश्यता र उनीहरूको चित्कार बुझ । अबको जनता सचेत छ । विश्वको राजनीति बुझेको छ । मतदाता पनि पूर्ण सचेत बनिसक्यो । तिमीले दिने आदेश मान्न आज कोही पनि तयार छैन । देशलाई निकास चाहिएको छ । जनताले देशको विकास खोजेको छ । सत्तामा सधैं बसिरहने नेताको आवश्यकता अबको निर्वाचनले दिने छैन । सचेत बन । युवालाई अवसर दिएर विश्राम गर । यही नै आजका नेपाली जनता र मतदाताको चाहना हो ।