Redirecting...

पृथ्वी राजमार्गको सबैभन्दा लामो चारलेनको पुल निर्माण अन्तिम चरणमा - www.meroauto.com

पृथ्वी राजमार्गको सबैभन्दा लामो चारलेनको पुल निर्माण अन्तिम चरणमा - www.meroauto.com
Source: meau

काठमाडौं । मुग्लिन-पोखरा सडक योजना अन्तर्गत मादी नदीमा चारलेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । तनहुँको व्यास नगरपालिका वडा नं. ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको उक्त पुलको काम ७४ प्रतिशत पुगेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनीयर विष्णुप्रसाद पाण्डेका अनुसार मादी पुलको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । उनले अब २६ प्रतिशत मात्रै काम बाँकी रहेको बताए । त्यस्तै, पुलको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । गत साउन २६ गते म्याद सकिएपछि पुलको म्याद ११ महिना (२०८३ असार १९ गतेसम्म) थपिएको उनले बताए । पुल निर्माणका लागि २०७९ साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सूचना अधिकारी पाण्डेले भने, ‘म्याद थप भए पनि निर्धारित समयभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।’ पुलको दुवै किनारामा दुई–दुईवटा ‘प्रिस्टे«स्ड बक्स गर्डर’ स्पानको काम सम्पन्न भइसकेको छ । फाउन्डेसनदेखि सुपर स्ट्रक्चरसम्मको निर्माण सकिएको र बीचका दुई स्पान भने ‘कङ्क्रिट नेचर आर्क ब्रिज’ संरचनामा निर्माण भइरहेको पाण्डेले जानकारी दिए । ३१५ मिटर लामो उक्त पुलमा ६ वटा स्पान छन् । यो पुथ्वी राजमार्गकै सबैभन्दा लामो पुल समेत हो । हाल नदीमाथि रहेको दुइ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । २३ मिटर चौडाइको यो पुल एउटै मोनोलेथिक संरचनामा बनेको नेपालकै पहिलो पुल समेत हो । ३ वर्षभित्र सम्पन्न गर्नेगरी जेडआइष्ट अन्नक जेभीले २०७९ साउन २६ गते १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। मादी नदीमा यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण गर्न लागिएको हो । मुग्लिन९पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी-जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ । यसखण्डको सडक निर्माण पनि सकिसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । वि।सं। २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चारलेनको सडक बनाइएको हो । The post पृथ्वी राजमार्गको सबैभन्दा लामो चारलेनको पुल निर्माण अन्तिम चरणमा appeared first on Meroauto.