कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना - ukaalo.com
Source: uklo
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकीका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। कोशीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।