Redirecting...

गभर्नरलाई पदबाट बर्खास्त गर्न जेनजी युनाइटेडको माग - bankingsansar.com

गभर्नरलाई पदबाट बर्खास्त गर्न जेनजी युनाइटेडको माग - bankingsansar.com
Source: bsas

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट बर्खास्त गर्न जेनजी युनाइटेडले माग गरेको छ। मंसिर २८ गते (आइतबार) जेनजी युनाइटेडले राष्ट्र बैंकका गभर्नर पौडेललाई पदबाट बर्खास्त गर्न माग गरेको हो। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको योग्यता र विज्ञतामाथि नै प्रश्न उठाएको छ। गभर्नरको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको जेनजी युनाइटेडका संयोजक जनक परियारले उल्लेख गरेका छन्। जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा विगत केही समयदेखि देशका अर्थतन्त्रपूर्ण रुपमा लयमा फर्किन नसक्दा नागरिकको जीवन सहज नबनेको उल्लेख गरिएको छ। साथै, लगानी गर्ने वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ।