Redirecting...

नाइमाको साधरण सभा सम्पन्न, मोबिलिटी एक्स्पोको मिति घोषणा - www.meroauto.com

नाइमाको साधरण सभा सम्पन्न, मोबिलिटी एक्स्पोको मिति घोषणा - www.meroauto.com
Source: meau

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलपोखरीस्थित नाइमा कार्यालयमा अध्यक्ष श्रीमती रितु सिंह वैद्यको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको हो । सभाले स्थापना कालदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ । अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा नेपाली मोबिलिटी क्षेत्रको एकीकृत, विश्वसनीय र प्रभावशाली आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले पछिल्ला ९ महिनामा भएका प्रमुख उपलब्धि प्रस्तुत गर्दै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को सफल आयोजनाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एउटै थलोमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । साथै, निरन्तर सञ्चालन गरिएका मोबिलिटी सिकाइ सत्रहरूले संस्थाको भूमिका अझ बृहत्तर बनेको उनको भनाइ थियो । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका कार्यक्रम र वित्तीय योजना सार्वजनिक गरे । उनले दीर्घकालीन उद्देश्य प्राप्तिका लागि प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति संस्थाको प्रतिबद्धता दोहोर्याए । साधारण सभामा सहभागी सदस्यहरूले नाइमाले विपद् तथा आपत्कालीन अवस्थामा राज्यका निकायसँग सहकार्य गर्दै खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थाप्रति गौरवको अनुभूति व्यक्त गरेका थिए । सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमसमेत पारित गरेको छ । यसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस र पैरवी, तथा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को आयोजना समावेश छन् । नाइमाले उक्त मोबिलिटी एक्स्पो २०८३ साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको जानकारी पनि सभामा दिइयो । संस्थागत सुदृढीकरणतर्फ सभाले सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय गरेको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटी सदस्यमा मनोनयन गरिएको छ । The post नाइमाको साधरण सभा सम्पन्न, मोबिलिटी एक्स्पोको मिति घोषणा appeared first on Meroauto.