Redirecting...

उच्च मूल्यबाट १७०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार? - www.onlinepana.com

उच्च मूल्यबाट १७०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार? - www.onlinepana.com
Source: onpa

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ । The post उच्च मूल्यबाट १७०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).