Redirecting...

एसियन बक्सिङ च्याम्पियनसिप – अप्रिलको जित - www.hamrokhelkud.com

एसियन बक्सिङ च्याम्पियनसिप – अप्रिलको जित - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ कन्फडरेसन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ । अप्रिलले ५० केजी तौलसमूहमा साउदी अरबका इब्राहिमलाई ५–० ले पराजित गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् । अप्रिलले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन् । भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कांस्य निश्चित गर्ने छन् ।आज यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसिसीका आधारमा पराजित भए । आइबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली बैकंक पुगेको छ। प्रस्थान गरेको थियो । प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी रहेको बताइएको छ ।The post एसियन बक्सिङ च्याम्पियनसिप – अप्रिलको जित first appeared on हाम्रो खेलकुद.