Redirecting...

कविता : निर्वाचन - sahityapost.com

कविता : निर्वाचन - sahityapost.com
Source: shpt

कुन हो हाम्रो सबैभन्दा बढी दुख्ने घाउर, कहाँ सुम्सुम्याउनु पर्छ दुखाई कम गर्नउनीहरूलाई थाहा छ,के-के हुन् आफैँले बिर्सन थालेका अधूरा हाम्रा सपनार, कसरी बिउँताउन सकिन्छ फेरि तिनलाईत्यो पनि उनीहरूलाई थाहा छ,गाउँलाई के चाहिन्छ, उनीहरूलाई थाहा छर शहरलाई के चाहिन्छ,त्यो पनि थाहा छ उनीहरूलाई,हिमाललाई के चाहिन्छ,उनीहरूलाई थाहा छर मधेशलाई के चाहिन्छ,त्यो पनि थाहा छ उनीहरूलाई । वर्षोंदेखि गर्दै आएका छन्उनीहरूले सपनाको थोक व्यापारकस्तो हुनुपर्छ व्यापार रणनीति उनीहरूलाई थाहा छझुक्याउँदै आएका छन् हामीलाई पटक-पटकफेरि झुक्याउन के गर्नुपर्छ उनीहरूलाई थाहा छ । सिपालु छन् उनीहरूहावामा महल खडा गर्न सक्छन्देखाउन सक्छन् दिनमा तारा वा रातमा इन्द्रेणी,निर्माण गर्न सक्छन् उनीहरूजादूगर झै नयाँ-नयाँ स्वप्न संसार क्षणक्षणमार, डोऱ्याउन सक्छन् कहिल्यै नभेटिनेक्षितिजको उज्यालोतिर हाम्रा पाइला । हामी सुम्पने छौं फेरि उनीहरूलाईआफ्‌नो सोच्ने शक्तिचढाउने छौं फेरि उनीहरूलाईदुवै हातका बूढी औंलाचाहेको ठाउँमा ल्याप्चे लगाउने अधिकारसहित,र साट्ने छौं एक पटक फेरिउनीहरूले दिने उधारा सपनाहरूसँगआफ्‌नो निर्णय गर्ने अधिकार । थरीथरीका टोपी लगाएरचट्केहरू तयार भएका छन् खेल देखाउनर खेल्न खेल अर्को पाँच वर्षसम्म पुग्ने गरी ।