राजवंशीलाई अन्तरवडा टेबल टेनिसमा स्वर्ण - nagariknews.nagariknetwork.com
Source: ngrk
वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ४० वर्षमाथि महिला सिंगल्सतर्फ स्वर्ण जितेकी छन्।ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको फाइनलमा ममताले वडा ११ की सरिला शाक्यलाई ४–११, ११–७, १२–१०, १०–१२ र ११–९ को सेटमा पराजित गरिन्।भेट्रान पुरुष टिममा वडा १६ ले वडा २० लाई ३–२ ले हराउदै पहिलो भयो। पाँच सिंगल्सको खेलमा वडा १६ ले ३ सिंगल्सको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरेको हो। वडा १६ का राजु शाक्यले २ तथा राजेन्द्र श्रेष्ठले १ सिंगल्स जिते। वडा २० का राजिप महर्जन र सञ्जय शाक्यले समान १/१ सिंगल्समा जित हात पारे।