Redirecting...

भीम रावलको आरोप: सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो - nagariknews.nagariknetwork.com

भीम रावलको आरोप: सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो - nagariknews.nagariknetwork.com
Source: ngrk

पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले कानुन बनाएर नै विदेशी सेना नेपाल आउने बाटो खोलेको आरोप लगाएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले भने,'एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो कि नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खीर खान दिन्छ ?'उनले अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । उनले भने,'अहिले भर्खरै संसदबाट एउटा कानुन पारित भयो। अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खाली राख्ने रे ! यो देशलाई कहाँ लैजान लाग्या हो ? दिने बेला वंशजको नागरिकता भन्ने, बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? अब यस्तो राजनीति गरेपछि खिर खाने दिन रहँदैन धेरै।'