Redirecting...

विनोद चौधरीको नयाँ पुस्तक बनारसमा विमोचन - sahityapost.com

विनोद चौधरीको नयाँ पुस्तक बनारसमा विमोचन - sahityapost.com
Source: shpt

काठमाडौं। नेपालकाे उद्योगपति विनोद चौधरीको नयाँ पुस्तक भारतको धार्मिक सहर वाराणसी (बनारस) मा विमोचन गरिएको छ। वाराणसीमा आयोजना भइरहेको ‘बनारस लिट्रेचर फेस्टिभल’को अवसरमा चौधरीको पुस्तक बलिउडका चर्चित अभिनेता अनुपम खेरले सार्वजनिक गर्नुभएको हो। चौधरीको यो पुस्तक उहाँको प्रेरणादायी जीवनकथामा आधारित रहेको छ। पुस्तकमा नेपालमा जन्मिएका सपनाहरूले विश्वमञ्चमा समेत स्थान बनाउन सक्ने सम्भावनालाई केन्द्रमा राखिएको बताइएको छ। पुस्तकको सारांश प्रस्तुत गर्दै चौधरीले भन्नुभयो, “यो नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा आधारित छ।” उक्त पुस्तक विमोचनसँगै बनारस लिट्रेचर फेस्टिभलमा नेपाली उद्यमशीलता, संघर्ष र सफलताको कथाले अन्तर्राष्ट्रिय पाठकको ध्यान आकर्षित गरेको छ।