मिलन अधिकारीकाे तीन मुक्तक - sahityapost.com
Source: shpt
१ दुखेको छ भित्री मन त खोज्नुपर्छपीडाहरूको छ भिडन्त खोज्नुपर्छ ।भन्छन् छोराले आँसु देखाउन हुन्नमैले रुन पनि एकान्त खोज्नुपर्छ । २ रहन्न सधैँ कालो रात उज्यालो आउँछएकदिन पक्कै मेरो पनि पालो आउँछ।तिम्रा यादले पनि यसरी घोचिदिन्छन्यो मनको बस्तीमा भुइँचालो आउँछ । ३ राखेर आँखाका नानीमा जानेछुडुङ्गा न हुँ, बगेर पानीमा जानेछु ।मेरो जीवनमा तिमी कुन पात्र थियौएकदिन सुनाएर कहानीमा जानेछु।