चुनाव : एक रमाइलो अभ्यास - ekantipur.com
Source: kant
दशमा चुनावी माहोल छ । राजनीतिशास्त्रीहरू चुनावलाई उत्सव भन्छन् । उत्सव अर्थात् खुसी, उमंग र सामूहिक आनन्द व्यक्त हुने विशेष अवसर । यसमा मानिसहरू दैनिक जीवनको दौडधुप र थकानबाट बाहिर निस्किएर नाच–गान, मेला महोत्सव, कला–संस्कृति र आपसी मेलमिलापमार्फत रमाउँछन् । तर, हाम्रो चुनावी माहोल हेर्दा यस्तो उत्सवको छवि जति कल्पनामा छ, त्यति वास्तविकतामा छैन ।