Redirecting...

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय फाइल मगाउन अदालतको आदेश - www.onlinepana.com

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय फाइल मगाउन अदालतको आदेश - www.onlinepana.com
Source: onpa

काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मङ्सिर २०६९ मा भएको निर्णय र उजुरी समेत मगाउन आदेश दिएको हो । विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालय मार्फत सरकारी साक्षीहरूलाई झिकाउन आदेश दिएको छ । त्यस्तै आरोपितहरूलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश दिएको छ । The post माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय फाइल मगाउन अदालतको आदेश appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).