कविता : अस्तित्वको वधशालामा भग्न जिजीविषा - sahityapost.com
सन्त्रासको आगो ओकलेरआँखाबाट मेरा सपनाहरूमूर्च्छनामा जल्दछन्सिन्कामा उनिएको सुकुटीझैँचुल्होमाथि धुवाँमा पिल्सिँदैजीवनका अर्थहरूखोतल्न थाल्छन् । रक्सीको प्रत्येक घुट्कीसँगैमृत्यु पिइरहेछु म ।छातीमा जीवनघाती कीराहरूनाच्दा–नाच्दैमृत्यु अङ्गालिरहेकी युवतीधिक्कार्न थाल्छेएउटा आदिम युगलाई । रमायिक कल्पनामामुटु–कलेजी चपाइरहेकी सिंहिनीखुनी मुख लपलपाउन थाल्छेसपनीको सोपानमा । चिसा रातहरूकिचकन्नीको अँगालोमापत्थरको मुटु ठोक्किँदामेरो अश्लील आदर्शडाँको छोडेरक्वाँ–क्वाँती रुन थाल्छमृत्युको चोट सहेर । जीवनघाती विश्वयुद्धमालासैलासको खातमाथिकुमारी अस्तित्वलुटिइरहँदा ममेरो कल्पनामामेरी प्यारी नाचिरहेकी हुन्छे । एक युगकी अस्मितानीला आँखा नङ्ग्याउँदैजीवनको भिख मागिरहेकीएक युगको महाकालखुनी सिपाहीसँग । थाहा छैनकति कुमारी अस्तित्वहरूलुटेँ युद्धको उन्मादमा !र सतित्वको कठघरामाआदिम अस्तित्वको ऐठन हुन्थ्योव्यभिचारको वधशालामा । अस्तित्वको वधशालामाबलात्कृत चित्कारभग्न जिजीविषाकोमीठो लालसामामृत्यु चुम्दथ्यो । रगतको भेलमालासहरू बगाएरमानवतालाई गिज्याउँदैएउटा हिटलरी लालसाविश्वलाई चुनौती दिन्थ्योईश्वरको टाउको चोपलेररक्तसागरमा । एउटा कुमारी अस्तित्वजिजीविषाको याचनामाजिन्दगीको परिभाषा खोजिरहँदाएक युगीन अग्निभट्टीमामृत्यु चुमिरहँदायमराज असन्तुष्टिकोडकार ओकल्थ्योढ्याउ… ढ्याउ… ढ्याउ…। र मधराभरि नवजात शिशु देख्थेँतोतेबोलीमाजीवनको अर्थबोलिरहेका । युगीन तृष्णामामानवताको आलो खुन पिउँदैहाँसिरहेको छ महानायकमानवताको चिहानघारीमा । आमाआस्थाको गर्भ हत्याएरअनन्त मृत्युको कल्पनामासङ्गीनमा उनिन्छिन्जल्दै ग्यास च्याम्बरभित्रल। अस्तित्व लुटिएपछिक्षतविक्षत देहमाथिएउटा भोको स्यालमासुको चोक्टालुछ्ने लालसामायुगीनताको नङ्ग्राधसिरहन्छतेस्रो विश्वयुद्धको कल्पनामा । मसिरानीमा सङ्गीन सजाएरएक अर्धमुद्रित नयनविस्मृत निद्राकोआकाङ्क्षामा सुस्ताउँदाएउटा सपना देखेँ मान्छेको मासु चपाएरमान्छेजीवन खोजिरहेको थियो