इंग्ल्याण्डका सैफ अली जेबले यसपटक चितवनबाट एनपिएल खेल्ने - farakdhar.com
Source: FRDH
इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजको जर्सीमा देखिने भएका छन् । चितवन फ्रेन्चाइजले आइतबार उनको अनुबन्ध सार्वजनिक गर्दै टोलीलाई बलियो बनाउने उद्देश्यले उनलाई टिममा समावेश गरिएको जनाएको हो । जैब गत सिजन सुदूरपश्चिम रोयल्सका लागि खेलेका थिए, जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीका शीर्ष रनस्कोरर बनेका थिए । पहिलो संस्करणमा उनले ९ खेलमा दुई अर्धशतकसहित २७५ रन जोडेका थिए र १२ विकेटसमेत हात पारेका थिए । त्यही प्रदर्शनका आधारमा उनलाई प्रतियोगिताको ...