Redirecting...

क्रिकेटर मल्ल गौतम एजुकेसनको ब्रान्ड एम्बेसडर - nagariknews.nagariknetwork.com

क्रिकेटर मल्ल गौतम एजुकेसनको ब्रान्ड एम्बेसडर - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली क्रिकेटका उदाउँदा खेलाडी शेर मल्ल बागबजारको गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। यस सम्बन्धमा क्रिकेटर मल्ल र गौतम एजुकेसन एन्ड सर्भिसेसबिच आइतबार औपचारिक सम्झौता भएको हो।नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन्। उनी नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्। बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन्। गौतम एजुकेसनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए।गौतम एजुकेसन कम्पनीका सिइओ इन्द्रजित गौतमले शेर मल्लजस्ता खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए। ’नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौं,’ गौतमले भने।गौतम एजुकेसनले अध्ययनका लागि अस्ट्रेलिया, युके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ।