बीवाइडीले देखायो दुई नयाँ मोडल, केही महिना भित्रै बिक्री सुरू हुने - www.meroauto.com
काठमाडौं । चिनियाँ न्यू इनर्जी ब्राण्ड बीवाइडीले एकै पटक दुई नयाँ मोडलको टिजर सार्वजनिक गरेको छ । कम्पनीले ‘ओसियन डे’ मनाउने क्रममा ओसियन सिरिजमा एक साथ दुई नयाँ मोडल देखाएको हो । बीवाइडीको नयाँ मोडल सिल-०८ र सिलायन-०८ भएको अनुमान गरिएको छ । सिलायन सिरिजमा कम्पनीले एसयूभी र सिल सिरिजमा सेडान कार बजारमा उतार्दै आएको छ । त्यसैले सिल-०८ सेडान र सिलायन-०८ एसयूभी हुनेछ । सोसियन एस कन्सेप्टको रुपमा कम्पनीले सिल-०९ र सिलायन-०९ पनि बजारमा आउने घोषणा गरेको थियो । यसमा पनि सिल सेडान कार हुनेछ भने सिलायन एसयूभी हुनेछ । आगामी अप्रिलमा बेइजिङमा आयोजना हुने अटो शोमा कम्पनीले नयाँ मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यी मोडल बीवाइडीको नयाँ जेनेरेसन ओसियन एस्थेटीक २.० डिजाइन ल्याङ्गवेजमा तयार भएको हो । बीवाइडी बिक्रीको लागि अनुमति माग्ने क्रममा सिल-०८ सेडानको लम्बाइ ४७२० एमएम, चौडाइ १८८० एमएम र उचाइ १४९५ एमएम रहेको उल्लेख गरेको थियो । यसमा ह्वीलवेस भने २८२० एमएम लामो हुनेछ । सिलायन-०८ एसयूभीको साइजको विषयमा कुनै जानकारी बाहिर आएको छैन । तथापि, यसको लम्बाइ ५०४० एमएम रहने छ, भने ह्वीलबेस २९५० एमएम हुनेछ । यसलाई कम्पनीले ७ सिट क्षमतामा ल्याउने छ । ‘थ्री रो सिटिङ’ रहने एसयूभीका विषयमा धेरै कुरा बाहिर ल्याइएको छैन । The post बीवाइडीले देखायो दुई नयाँ मोडल, केही महिना भित्रै बिक्री सुरू हुने appeared first on Meroauto.