काँग्रेस नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, मेयर हुँदा साढे ३ करोड अकुत सम्पत्ति कमाएको दाबी ! - arthasarokar.com
Source: aths
काठमाडौँ । नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चालिसेले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानूनी तरिकाले तीन करोड ६८ लाख रुपैयाँ आर्जन गरेको अख्तियारको दाबी छ । चालिसे अर्थ समितिका सभापति समेत हुन् । उनी २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौँ-३ बाट निर्वाचित भएका थिए । चालिसे २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।