Redirecting...

परीक्षणको क्रममा देखियो ‘आइकार भी-२५’ - www.meroauto.com

परीक्षणको क्रममा देखियो ‘आइकार भी-२५’ - www.meroauto.com
Source: meau

काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप चेरीको सहायक ब्राण्ड आइकारमा नयाँ एसयूभी परीक्षण सुरु भएको छ । कम्पनीले आइकार भी-२५ (सम्भावित नाम) बाट बजारमा ल्याउने नयाँ एसयूभीको परीक्षण थालेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । आइकार भी-२५ अहिले चीनमा बिक्री हुँदै आएको आइकार भी-२३ भन्दा ठूलो हुनेछ । नेपाली बजारमा पनि डिसेम्बर अन्तिमबाट भी-२३ मोडल बिक्री सुरु हुँदैछ । आइकार ब्राण्डमा यसअघि भी-२३ र भी-२७ जस्ता मोडल चिनियाँ बजारमा बिक्री हुँदै आएको छ । खासगरी न्यू इनर्जी भेहिकल नै आइकार ब्राण्डको प्राथमिकतामा परेको देख्न सकिन्छ । अहिले परीक्षणमा देखिएको नयाँ एसयूभीको बाहिरी बनोट धेरै हदसम्म आइकार भी-२३ सँग मिल्दोजुल्दो देखिन्छ । वर्गाकार बडी, राउन्ड आकारको हेडलाइट र अफरोडको झल्को दिने एलिमेन्टको ब्यापक प्रयोग देख्न सकिन्छ । साइज भने नयाँ एसयूभी भी-२३ भन्दा ठूलो देखिन्छ । निकै अग्लो बडी भएको कारण यसमा ग्राउन्ड क्लियरेन्स पनि धेरै हुने अनुमान छ । सडक परीक्षणमा देखिएपनि गाडीमा रहेको टेक्नीकल डिटेलको बारेमा कुनै जानकारी प्राप्त छैन । यसमा रहने मोटर साइज र ब्याट्री प्याकको विषयमा पनि केही बताइएको छैन । तर, आइकार भी-२३ को तुलनमा मोटर र ब्याट्री दुबै ठूलो साइजमा उपलब्ध हुने सम्भावना छ । परीक्षणको क्रममा नयाँ एसयूभीमा टेल पाइप पनि देखिएको छ । त्यसले नयाँ मोडल प्योर इलेक्ट्रीकसँगै हाइब्रिड इन्जिनमा पनि उपलब्ध हुने सहजै अनुमान लगाउन सकिन्छ । ईभी उत्पादनमा निकै आक्रमक देखिएको चेरी ग्रुपले एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको छ । नेपाली बजारमा ईभी बिक्री थालेको दुई वर्षभन्दा कम समयमा नै ओमोडा/जेको ब्राण्डमा तीन मोडल बिक्री भइरहेको छ । ओमोडा ब्राण्ड नेममा इ फाइभ, जेको ब्राण्ड नेममा जे सिक्स र जे फाइभ मोडल बिक्री हुँदै आएका छन् । यही महिना चौथो मोडलको रुपमा आइकार भी-२३ थपिन लागेको हो । चेरी अटोमोबाइल ग्रुपका उत्पादन एसपीजी अटोमोबाइल्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ । The post परीक्षणको क्रममा देखियो ‘आइकार भी-२५’ appeared first on Meroauto.