सुदूरपश्चिम उपलब्धि रक्षा तथा विराटनगर पहिलोपटक फाइनल पुग्ने दाउमा - farakdhar.com
Source: FRDH
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ चरणको खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्लेअफको पहिलो खेलमा उपाधि दाबेदार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुने तालिका छ । यी दुई टिमबीचको क्वालिफायर–१ प्रतिस्पर्धा मंगलबार अपरान्ह ४ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ । जारी सिजनमा सुदूरपश्चिम र विराटनगर उच्च लयमा छन् । उनीहरूमध्ये सुदूरपश्चिमले लिग चरणमा एउटा खेलमा मात्र हार बेहोर्‍यो । यस्तै, विराटनगर प्रारम्भिक चरणमा दुई खेलमा पराजित भयो । उनीहरू अब क्वालिफाय...