लोकतन्त्रमा समस्या आए कांग्रेस-एमाले एक ठाउँमा उभिनेछन् : पूर्णबहादुर खड्का - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली कांग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरू सबै एक ठाउँमा उभिने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली कांग्रेससँगको समय समयको सहयात्री दल पनि रहेको भन्दै नेपालको लोकतन्त्रमा समस्या आए अझै मिलेर अगाडि बढ्ने बताए । उनले भने, ‘नेकपा एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली ...