तनहुँमा यात्रुवाहक बस दुर्घटना: पाँच जनाको उद्धार - nagariknews.nagariknetwork.com
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा अनियन्त्रित भई दुर्घटनामा परेको हो।इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले पार्किङ गरेर राखिएको बस अचानक ब्याक भएको दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए।दुर्घटनाग्रस्त बसको अगाडिको भाग सडक किनारमा दबेकोले उद्धार कार्य जटिल बनेको थियो।च्यापिएको भागमा अन्य यात्रु रहे/नरहेको यकिन गर्न र बसलाई निकाल्नका लागि क्रेनको प्रयोग गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको टोलीले उद्धार कार्यमा सहयोग गरिरहेका छन्।बसमा धेरै यात्रु नरहेकाले प्रहरीको अनुमान छ।