महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा - farakdhar.com
Source: FRDH
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् । जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन् । उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन् ।&...