Redirecting...

गजलः आखिर - sahityapost.com

गजलः आखिर - sahityapost.com
Source: shpt

गजल १ आखिर कोही किन यति प्यारो हुन्छ ?लाग्छ अब ऊ बिना संसार अध्याँरो हुन्छ आउनुस् प्रेमको बदला प्रेम नै लिएर जानुस्अहिले दिइन् भने जीवनभर उधारो हुन्छ तिम्रो आवाजले यो तन र मन रसाउँछत्यता मौन बस्दा यता पो गाह्रो हुन्छ भैगो अब तिमी मुस्कान नमाग न मसँगअक्सर मुस्कानभित्र आँशूको धारो हुन्छ यहाँ मनसँग मन मिल्नै रहेछ मुस्किलजब मन मिल्छ तब समाज तगारो हुन्छ । गजल २ मान्छेले आखिर किन यो सत्य भुल्छ ?एकदिन त झूटको पर्दा पक्कै खुल्छ मालीले बिर्सियो प्रकृतिको अमूल्य देनऊबिना पनि बगैँचामा फूल फुल्छ लोभको धूलोले नजर छेकिदिए पनिअन्ततः विवेकको आँखा मनमनै डुल्छ हो, दुवैको विशेषता तरलता नै होतर यो नसम्झनु पानीमा तेल घुल्छ गुल्मी, हालः काठमाडौं The post गजलः आखिर appeared first on साहित्यपोस्ट.