Redirecting...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन - www.onlinepana.com

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन - www.onlinepana.com
Source: onpa

काठमाडौं । बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एकजना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ । घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् । The post बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).