Redirecting...

आजका लागि विदेशी मुद्राको विनिमयदर तय, साउदी र कतारी रियाल कति ? - taksarnews.com

आजका लागि विदेशी मुद्राको विनिमयदर तय, साउदी र कतारी रियाल कति ? - taksarnews.com
Source: tsar

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ५० पैसा र बिक्रीदर १७० रुपियाँ २० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपियाँ ४४ पैसा छ । चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ । यस्तै कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपियाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपियाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपियाँ ५४ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।