Redirecting...

कविता : रित्तो - sahityapost.com

कविता : रित्तो - sahityapost.com
Source: shpt

म रित्तो छुयसरी कि शब्दहरू पनि थाकेरआँखामा बसेका छन् । छातीभित्र कतै केही भाँचिएको आवाज छतर त्यो सुन्ने कोही छैन ।हाँसो ओढ्छुतर त्यो हाँसोभित्र दिनदिनै म मर्छु । माया दिएँआफू बिर्सेरअन्तत आफू नै हराएँ ।सबैका लागि बलियो बनेँतर मेरो कमजोरी भने कसैले अँगाल्न सकेन। रित्तो हुनुखाली हुनु होइन रहेछयो त असङ्ख्य पीडाले भरिएको मौन रहेछ। रात आउँछनिद्रा आउँदैन ।आँसु खस्छ,तर आवाज हुँदैन ।आफैँसँग कुरा गर्छु “अझै कति सहने ?” आज रित्तो छुतर बाँचिरहेछुकिनकि यो पीडाले नै मलाईमान्छे बनाएको छ। सायद एक दिनयो रित्तोपनमै म फेरिआफूलाई भेट्नेछुकिनकि सबैभन्दा गहिरो खालीपनमैसबैभन्दा साँचो भाव रहेछ !