कविता : त्यो धुवाँ त्यो खरानी - sahityapost.com
Source: shpt
बेच्नेले तिम्रो तस्बिरतिम्रो घाउ बेचिरहेछतिम्रो सपनातिम्रो नाउँ बेचिरहेछ ।तिमी ढलेको माटोदेखिरगतको टाटोसम्म बेचिरहेछउधारो सपनाको बजारमातिम्रो सिरानीदेखि खरानीसम्म बेचिरहेछ। तर म आमा हुँअझै पनि मलाई विश्वास छैनकि सडकमा तिमी नै ढल्यौ भनेरएकसाथ जलेका धेरै चिताहरूमध्येएउटा चितामा तिमी नै जल्यौ भनेर । तिमी त ढुङ्गाले थिचिएकोत्यो दुबो हौ जो प्रहार सहेर पनि मौलाउन सक्छतिमी त हृदयको त्यो बिरुवा हौजो हुरी सहेर पनि पलाउन सक्छ । तिमी नै भनअझै आउँछौ जस्तो लाग्दालाग्दैम कसरी विश्वास गरूँ ?कि त्यो धुवाँ, त्यो खरानी तिम्रै हो भनेर ।