निधिमाथिको दुर्व्यवहार ‘बिल्कुल गलत’ : महामन्त्री शर्मा - nagariknews.nagariknetwork.com
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार नेता बिमलेन्द्र निधिमाथि भएको व्यवहारलाई बिल्कुल गलत भएको बताएका छन्।उनले लेखेका छन्, ‘कुनै पनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुन सक्दछ। तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ। समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो। आज (मंगलबार) अग्रज नेता बिमलेन्द्र निधी कार्यालय पुग्दै गर्दा भएको व्यवहार बिल्कुलै गलत छ। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो।’घटना कसरी भयो भन्नेबारे उनले लेखेका छन्, ‘पार्टीको केन्द्रीय कार्यालयमा विशेष बैठकहरू चलिरहेका बेला मिडिया बाहेक अरूलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो। राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धी बैठकका कारण आज पनि अरूलाई प्रवेशमा रोक लगाइएको थियो। पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो।’मंगलबार विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालयमा निधिमाथि दुर्व्यवहार गरेका थिए। सोहीकारण केही समय अवस्था तनावग्रस्त बनेको थियो।हेर्नुस् उनको स्टाटसपार्टीको केन्द्रीय कार्यालयमा विशेष बैठकहरू चलिरहेका बेला मिडिया बाहेक अरूलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो। राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धी बैठकका कारण आज पनि अरूलाई प्रवेशमा रोक लगाइएको थियो। पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो।कुनै पनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुन सक्दछ। तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ। समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो। आज अग्रज नेता विमलेन्द्र निधी कार्यालय पुग्दै गर्दा भएको व्यवहार विल्कुलै गलत छ। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो। `विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्ने´ भनेर आएको भ्रमपूर्ण हल्लालाई साथीहरूले `यस्तो कुनै कार्यक्रम नरहेको´ भनेर सार्वजनिक रूपले बिहानै स्पष्ट गरिसक्नु भएको थियो। स्वयं नेता निधिले `विशेष महाधिवेशन पक्षधरले होइन अरूले गरेको बुझेँ´ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ। यस्तो तथ्यका बाबजुद विशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दुःखद छ र निन्दनीय पनि। नम्रता साथ मेरो आग्रह छ- राजनीतिमा सहमति/असहमति, समर्थन/विरोध सबै कुरा हुन्छ। तर सबैभन्दा बढी जरुरी हुन्छ संयम र परिपक्वता। यसलाई सबै थरीले गम्भीर आत्मसात् गरौँ !