Redirecting...

कांग्रेसमा अब क्षमता र योगदानमा आधारित मुल्यांकन हुन्छ : नेता घिमिरे - corporatesamachar.com

कांग्रेसमा अब क्षमता र योगदानमा आधारित मुल्यांकन हुन्छ : नेता घिमिरे - corporatesamachar.com
Source: copr

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले महाधिवेशन जसरी पनि गराएरै छाड्ने बताएका छन् । बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको जिकिर गरे । उनले भने, ‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’ त्यस्तै उनले कांग्रेसको विशेष महाधिवेशन जसरी पनि गराएर छाड्ने दाबी समेत गरे । अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुको सम्मान हुने धारणा राखे । उनले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरुले बागमतीलाई नभई कर्णालीलाई आधार बनाएर गर्नुपर्नेमा जोड दिए । कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औंल्याए । नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए ।