Redirecting...

म पार्टीको मूलधारमै छु, अहिले केपी ओलीको विकल्प छैन भन्नेमा दृढ छु : रघुवीर महासेठ - janatatimes.com

म पार्टीको मूलधारमै छु, अहिले केपी ओलीको विकल्प छैन भन्नेमा दृढ छु : रघुवीर महासेठ - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर १७ । नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा एमाले र देशको नेतृत्व केपी ओलीबाहेक अरूले गर्न नसक्ने तथ्यमा आफू अलिकति पनि दुबिधामा नरहेको बताउनु भएको छ । एमालेमा गुटबन्दी गरिरहेको समूहले आफ्नो नाममा पोष्टर बनाएर अफवाह फैलाउने काम गरेपछि महासेठले आफू केपी ओलीलाई फेरि एक पटक नेतृत्वमा स्थापित गराउने अभियानमा दृढतापूर्वक लागेको पनि प्रष्ट पार्नुभएको छ । पार्टीको ११ महाधिवेशनबाट एमाले वर्तमान पार्टी अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्ने महासेठले स्पष्ट पार्नुभयो । \ देशलाई यति बेला बलियो र स्पष्ट दृष्टिकोण भएको पार्टी र नेता आवश्यक रहेको भन्दै उहाँले त्यो आवश्यकता नेकपा एमाले र केपी ओलीले मात्र पुरा गर्न सक्ने उहाँको धारणा छ । जनताटाइम्स डटकमसँग संक्षिप्त कुरा गर्दै महासेठले आफ्नो नाममा अफवाह फैलाउने एमालेकै पदाधिकारीलाई सचेत गराइसकेको बताउनु भयो । उहाँले ती पदाधिकारीको नामै किटान गरे पनि उल्लेख नगर्न सुझाउनु भएकोले यहाँ उल्लेख गरिएन । नेकपा एमालेमा यति बेला केपी ओलीको विकल्प कोही पनि हुन नसक्ने स्पष्ट पार्नुभयो । कतिपयले पार्टी भित्रै पनि केपी ओली र उहाँको पक्षमा लागेका नेताहरू विरुद्ध षडयन्त्र गरिरहेका बताउँदै महासेठले सो षडयन्त्र धेरै दिन नटिक्ने बताउनुभयो । पार्टी र नेतृत्व विरुद्ध चौतर्फी घेराबन्दी भएको अहिलेको अवस्थामा सिङ्गो पार्टी पङ्क्ति एक ढिक्का भएर पार्टी र नेतृत्वलाई जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । आफूलाई पनि कतिपयले केपी ओली विरुद्धको कित्तामा उभ्याउने प्रयास गरेका बताउँदै महासेठले त्यो भ्रममा नपर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले त्यस्ता भ्रामक कार्यको निन्दा पनि गर्नुभयो । ‘म पार्टीको मूलधारमा छु, यति बेला पार्टीमा केपी ओलीको विकल्प छैन’, महासेठले भन्नुभयो । महासेठले मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने पार्टीको ११ औँ महाधिवेशनबाट केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयनको लागि पहल लिन पनि नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो । ‘यो विभाजित हुने बेला होइन, केपी ओलीको नेतृत्वमा गोलबन्द भई एक ढिक्का भएर अघि बढ्ने बेला हो’, सचिव महासेठले भन्नुभयो । ‘म एकताबद्ध र देशी–बिदेसी षडयन्त्रविरुद्ध जुध्न सक्ने सक्षम, शक्तिशाली र देशभक्त पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील छु । यो कामको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले गरिरहनु भएको सबैमा विदितै छ । राष्ट्रिय स्वभिमान र समृद्धिको नेतृत्व गरिरहेकै कारण पार्टी अध्यक्ष कमरेड केपी ओलीविरुद्ध सबैखाले शक्तिहरू विभिन्न षडयन्त्रका तानावाना बुनेर लागिपरेको तथ्यमा पनि म कुनै दुबिधामा छैन । तसर्थ हाम्रो पार्टीको ११औँ महाधिवेशनबाट पनि कमरेड केपी ओलीलाई नै अध्यक्षमा निरन्तरता दिएर प्रतिगामी शक्तिलाई सबक सिकाउने काममा म दृढतापूर्वक लागेको छु । सम्भव भएसम्म उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने, त्यसो हुन नसकेमा लोकतान्त्रिक विधिमार्फत पनि दुई तिहाइभन्दा बढी मतका साथ कमरेड केपी ओलीलाई नै अध्यक्ष बनाउने मेरो दृढ मान्यता रहिआएको छ,’ एमाले सचिव महासेठले भन्नुभयो । एमाले सचिव रघुवीर महासेठको भनाई जस्ताको तस्तै म नेकपा (एमाले) लाई एकताबद्ध र देशी–बिदेसी षडयन्त्रविरुद्ध जुध्न सक्ने सक्षम, शक्तिशाली र देशभक्त पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील छु । यो कामको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले गरिरहनु भएको सवैमा विदितै छ । राष्ट्रिय स्वाभिमान र समृद्धिको नेतृत्व गरिरहेकै कारण पार्टी अध्यक्ष कमरेड केपी ओलीविरुद्ध सबै खाले शक्तिहरू विभिन्न षडयन्त्रका तानावाना बुनेर लागिपरेको तथ्यमा पनि म कुनै दुबिधामा छैन । म पार्टीको मूलधारमै छु, अहिले केपी ओलीको विकल्प छैन भन्ने मान्यतामा दृढ पनि छु । तसर्थ हाम्रो पार्टीको ११औँ महाधिवेशनबाट पनि कमरेड केपी ओलीलाई नै अध्यक्षमा निरन्तरता दिएर प्रतिगामी शक्तिलाई सबक सिकाउने काममा म दृढतापूर्वक लागेको छु । सम्भव भएसम्म उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने, त्यसो हुन नसकेमा लोकतान्त्रिक विधिमार्फत पनि दुई तिहाइभन्दा बढी मतका साथ कमरेड केपी ओलीलाई नै अध्यक्ष बनाउने मेरो दृढ मान्यता रहिआएको छ । यो मान्यतासहित स्वाभिमानका नायक कमरेड केपी ओलीको विपक्षमा समूहबन्दी गरिरहेको भन्दै विभिन्न प्रचारबाजी गरिएको पाइएकोले पार्टीकै पदाधिकारीहरूलाई त्यस्तो अनुचित कार्य नगर्न सचेत समेत गराइसकेका छु । यस प्रकारका आपत्तिजनक कामप्रति गम्भीर आपत्ति जनाउँदै अव आइन्दा यस्ता अराजनीतिक काम नगर्न म सबैलाई सचेतसमेत गराउन चाहन्छु ।– रघुवीर महासेठ, सचिव नेकपा (एमाले)