दोस्रो दिन बलर हाबी - www.hamrokhelkud.com
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्ड र भारतबीचको चौथो टेस्टको दोस्रो दिन बलरहरु हाबी भएका छन् । ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्टमा बलरहरु हाबी हुँदा दोस्रो दिन १५ विकेट खसेको हो । दोस्रो दिन शुक्रवारको सुरुवातमै भारतले पहिलो इनिङको बाँकी ४ विकेट गुमाएको थियो । त्यसपछि आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोली २ सय ४७ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ सुरु गरेको भारतले दिनको समाप्तिमा २ विकेट गुमाइसकेको छ । भारत पहिलो इनिङमा २ सय २४ रनमा समेटिएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा २३ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा घरेलु टोलीका लागि ओपनर ज्याक क्रलीले १४ चौकाको सहयोगमा ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । ह्यारी ब्रुक ५३, बेन डकेट ४३, जो रुट २९ तथा कप्तान ओली पोप २२ रनमा आउट भएका थिए । क्रिस वोक्स बलिङका क्रममा चोट बोकेका कारण ब्याटिङमा गरेनन् । भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान ४ तथा आकाश दिपले १ विकेट लिए । दोस्रो दिनको अन्तिमसम्म भारतले २ विकेट गुमाएर ७५ रन जोडेको छ । उसका ओपनर यशस्वी जैसवाल ५१ र आकाश दिप ४ रनमा अविजित छन् ।The post दोस्रो दिन बलर हाबी first appeared on हाम्रो खेलकुद.