६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति? - www.technologykhabar.com
चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो। प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन। भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्। माथि उल्लिखित परिमाण र सङ्ख्याका सवारी साधन आयातबाट सरकारले ७ अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तो छ आयातको विवरण: ५० किलोवाटसम्मको कार, भ्यान र जीप विवरण देश ब्याट्री क्षमता परिमाण रकम कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १०६० १७८९८९८ कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ५२५ ९२२३८० ५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप विवरण देश ब्याट्री क्षमता परिमाण रकम कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २२५५ ५८०३९९९ कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ३६० ९१६१४२ कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ४०१ ११३२९४० कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म १ ४९८८ १०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप विवरण देश ब्याट्री क्षमता परिमाण रकम पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ४१४ ११९५१८७ पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ९ ६८५११ पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म २८ ११९५६१ पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म २ १५७२५ पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८ २०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप विवरण देश ब्याट्री क्षमता परिमाण रकम पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म १ ६७९७ पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४ ४७३२९ पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म १ ४८४९ The post ६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति? appeared first on Technology Khabar.