Redirecting...

अनुगमनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार जरिवाना - www.pardafas.com

अनुगमनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार जरिवाना - www.pardafas.com
Source: pfds

नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ ।