हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित - www.onlinepana.com
Source: onpa
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतकाे उत्प्रेषण आदेशका कारण स्थगित गरिएकाे सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० वटा घर भत्काएकाे थियो । The post हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).