वित्तीय एवम् एकीकृत सहयोगमा नेपालको जोड - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – नेपालले अल्पविकसित देशहरूको विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । अल्पविकसित देशलाई वित्तीय एवम् एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु देशहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत हिजो भएको उच्चस्तरीय छलफलमा एलडीसी समूह अध्यक्षका रुपमा परराष्ट्...