Redirecting...

एमएडब्लू अर्थमुभर्सद्वारा ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सञ्चालन - corporatesamachar.com

एमएडब्लू अर्थमुभर्सद्वारा ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सञ्चालन - corporatesamachar.com
Source: copr

काठमाडौं । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ । कम्पनीले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको हो। २० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म संचालन भैरहेको छ । यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य कम्पनीले राखेको छ। अभियान अन्तर्गत जेसीबी धनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ। साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५% छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २०% छुट पाउने छन् । यो अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज , जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू हुने कम्पनीले जानकारी दिएको छ। उल्लेखित शाखाहरू मार्फत ग्राहकले आफ्नो पायक पर्ने स्थानबाट सेवा लिन सक्नेछन् ।