Redirecting...

अटो क्षेत्रले पाएका ७ नयाँ टेक्नोलोजी, तपाईंको कारमा कति छन् ? - www.meroauto.com

अटो क्षेत्रले पाएका ७ नयाँ टेक्नोलोजी, तपाईंको कारमा कति छन् ? - www.meroauto.com
Source: meau

काठमाडौं । विश्व अटोमोबाइल क्षेत्रमा अन्वेषण र खोजले निकै तीव्रता पाएको छ । विद्युतीय कार उत्पादनमा विश्वभरका उत्पादकहरू आक्रमक बन्दा टेक्नोलोजीमा ठूलो फडको मार्न सफल भएका छन् । सन् २०२५ को अन्तिम महिना चलिरहेको छ । यस एक वर्षको अवधिमा कम्पनीहरूले के नयाँ कुरा बाहिर ल्याए भन्ने चासो धेरैमा रहेको पाइन्छ । हरेक दिन नयाँ खोजका विषयमा समाचार प्रकाशित हुँदै पनि आएका छन् । चालु वर्षमा सबैभन्दा धेरै चर्चा एआई (आर्टिफिसियल इन्टेलिजेन्ट)को प्रयोगले पायो । यसअघि पनि एआईको चर्चा थियो । सफ्टवेयर डिफाइन भेहिकल यस वर्षको सबैभन्दा धेरै चर्चा पाउन सफल टेक्नोलोजी हो । यसका अलावा ब्याट्री चार्जिङ टेक्नोलोजी र सुरक्षा फिचरहरूको विकास र चर्चा दुवै भयो । त्यसैले सन् २०२५ मा प्रयोगमा आएका र खोज भएका टेक्नोलोजीमा आधारीत फिचरका विषयमा यहाँ चर्चा गरिएको छ । १. सफ्टवेयर डिफाइन भेहिकल : सीईएस २०२५ मा पहिलो पटक सफ्टवेयर डिफाइन भेहिकलको चर्चा भयो । गाडीहरू हार्डवेयरभन्दा बढी सफ्टवेयरमा निर्भर हुन्छन् भन्ने कुरालाई यसमा प्रमाणित गरिएको छ । ओभर द एयर अपडेट मार्फत नै गाडीमा धेरै फिचर थप्न सकिने विषयले निकै राम्रो चर्चा पायो । यसलाई टोयोटा, बीएमडब्लू र होण्डा जस्ता कम्पनीले बाहिर ल्याएका हुन् । २. एआईको व्यापक प्रयोग : एआईमा आधारित भ्वाइस एसिस्ट, ड्राइभर मोनिटरिङ सिस्टम र डिजिटल ककपिट पनि यस वर्ष राम्रो अपग्रेड भयो । जसले चालकलाई धेरै कुरा व्यक्तिगत नियन्त्रणमा राख्न र प्रयोग गर्न सहज बनायो । ३. नयाँ ब्याट्री टेक्नोलोजी र तीव्र चार्जिङ : सन् २०२५ मा सेमी सोलिड र सोलिड स्टेट ब्याट्रीको उत्पादनमा ठूलो सफलता मिलेको वर्ष मानिन्छ । जापानी उत्पादक टोयोटाले आफ्ना हाइब्रिड कारमा सोलिड स्टेट ब्याट्रीको प्रयोग गरेर परीक्षण थालेको छ । बीवाइडी, जिली, हुन्डाई जस्ता ब्राण्डले तीव्र्र गतिमा गाडी चार्ज गर्न सक्ने बनाएका छन् । ४. अटोनोमस ड्राइभिङ र एडासमा सुधार : गाडीहरूमा ह्याण्ड्स फ्री सिस्टमको विकास भयो । ‘आइज अफ’ नाम दिएर अटोनोमस ड्राइभिङ सिस्टममा ठूलो फड्को मार्न सफल भयो । मदिरा पिएको चालक पहिचान गर्ने ‘ड्रङ्क ड्राइभिङ डिटेक्सन’ जस्ता फिचर एडास भित्र थपिने भयो । ५. हेड अप डिस्प्ले : चिनियाँ कार निर्माताहरूले कारमा लगाउने ठूलो स्क्रीन र हेडअप डिस्प्लेमा निकै मेहनत गरेका छन् । अगुमेन्टेड रियालीटी (एआर) हेडअप डिस्प्लेमा भएको सुधारलाई पनि २०२५ को ठूलै खोज मानिन्छ । ६. भेहिकल टु ग्रिड फिचर्स : गाडीबाट घरमा विद्युत दिन सकिने फिचरमा पनि व्यापक परिवर्तन भयो । अब गाडीको बिजुली पूर्णरूपमा ग्रिडमा पठाउन सकिने भयो । अर्कोतर्फ चार्जिङ गर्न पनि एआईको प्रयोग गर्न मिल्ने भएको छ । ७. उड्ने कार : सन् २०२५ स्मार्ट मोबिलिटीको लागि नै चर्चित वर्ष बन्यो । यस वर्ष उड्ने कारको विषयले निकै ठूलो चर्चा कमायो । धेरै कम्पनीले उड्ने ट्याक्सीको सफल परीक्षण पनि पूरा गरे । The post अटो क्षेत्रले पाएका ७ नयाँ टेक्नोलोजी, तपाईंको कारमा कति छन् ? appeared first on Meroauto.