Redirecting...

शर्मालाई दाहालको चेतावनी - nagariknews.nagariknetwork.com

शर्मालाई दाहालको चेतावनी - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विषयवस्तुलाई सार्वजनिक रूपमा असन्तुष्टि पोखेको भन्दै जनार्दन शर्माको कडा आलोचना गरेका छन्। शर्माले विगत केही महिनादेखि नेतृत्व परिवर्तनको विषयमा कुरा उठाइरहेका बेला उनका पछिल्ला गतिविधिबारे असन्तुष्टि पोख्दै दाहालले आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान भन्दै कडा निर्देशन दिएका छन्।‘यो पार्टीभित्रको मामिला हो। यसलाई बाहिर लैजाने छुट छैन। मिडियालाई उचाल्ने काम भएको छ, जुन सह्य छैन,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने। उनले बैठकका अजेन्डाहरू प्रस्तुत गर्ने क्रममा उनले भनेका थिए, ‘पार्टीभित्र अन्तरविरोधको विषयमा जनार्दनजीको अभिव्यक्ति बाहिर लगातार आएको छ। यसलाई रोक्नुप¥यो। यस्ता गतिविधिले पार्टीको हित गर्दैन।’ केही समयदेखि पार्टी अध्यक्ष दाहाल र शर्माबिच सार्वजनिक समारोहमै आरोप–प्रत्यारोप चलिरहेको छ। जसका कारण पार्टी नै दुई लाइन संघर्षमा पुगिसकेको छ।नेकपाका संस्थापक पुष्पलालको ४७औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा साउन ६ र ७ गते दाहाल र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो। अर्का एक नेताका अनुसार पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन हुँदै बुर्जुवाकरण भएकोमा दाहालले चिन्ता व्यक्त गरेका थिए।स्वार्थ समूह विघटन गर्नुपर्ने प्रस्ताव उनले राखेका थिए। ‘पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट दिइएको छ तर जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठिक होइन र यसले राम्रो सन्देश गएको छैन। पार्टीभित्र अनुशासन कायम हुनुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने।बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव पेस गरेका थिए। शुक्रबार स्थायी समिति बैठकमा यो प्रस्तावमाथि गम्भीर छलफल भएको थियो। शर्माले उठाएका विषयवस्तुलाई लिएर बैठकमा अनुशासनको डन्डा लगाउनुपर्नेसम्मको आवाज उठेको छ।उपमहासचिव शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएपछि यो विषयमा स्थायी समितिको शनिबार बस्ने बैठकका छलफल हुनेछ। ‘शनिबारको स्थायी समिति बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ,’ एक पदाधिकारीले भने।अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक रूपमा उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै आपत्ति जनाएपछि उनले राखेको प्रस्ताव र अनुशासनको विषय एकसाथ उठाइएको छ। ‘पार्टीको आन्तरिक विषयलाई सार्वजनिक कार्यक्रमहरूमा उठाउनु नै अनुशासनको विषय थियो। त्यसैले स्थायी समितिमा यसबारे छलफल हुनुपर्छ भनेका हौं। भोलि (शनिबार) छलफल हुन्छ,’ माओवादीका एक पदाधिकारीले भने। अध्यक्ष दाहालले साउन ७ मा पुष्पलाल स्मृतिसभामा पार्टीले ‘जनवाद’को उच्चतम अभ्यास गर्न दिएको बताएका थिए। ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ। उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ दाहालले भनेका थिए।शर्माले भने मंगलबार त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा चारबुँदे प्रस्ताव अघि सारेर विशेष महाधिवेशनको माग गरेका थिए। सामाजिक सञ्जालमार्फत शर्माले ‘पार्टी फुट्छ’ भन्ने प्रचार माथिबाटै लगातार भइरहेको बताउँदै जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेका हुन्।अध्यक्ष दाहालसँग सार्वजनिक रूपमै मतभेद राखेका उपमहासचिव शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशन माग गरेका थिए। उनले त्यसक्रममा चार बुँदे प्रस्ताव पनि राखेका थिए। यो विषयमा शनिबारको बैठकदेखि कुरा उठाउने शर्मा पक्षको तयारी छ।शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि व्याख्या विश्लेषण गरेका थिए। दाहालले राखेको अजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने बताइएको छन्। उपमहासचिव हरिबोल गजुरेलले पार्टीको अन्तरविरोध सम्बन्धमा अहिले छलफल नभएको बताएका छन्। ‘पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक हो, आजै छलफल भयो, भोलि नै केही भइहाल्छ भन्ने कुरा छैन,’ उनले भने। गजुरेलका अनुसार शनिबार ११ बजे बैठक बस्नेछ।केन्द्रीय समितिको बैठक असोजमा प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष दाहालले असोजको तेस्रो साता बस्ने गरी बैठक बोलाउन प्रस्ताव गरेका हुन्। स्थायी कमिटी बैठकमा दाहालले दसैं र तिहारका बिचमा बैठक बोलाउने प्रस्ताव गरेका हुन्। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लामो समयदेखि बस्न सकेको छैन। उनले बर्खाका कारण रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु गरेर पूर्णता दिने पनि बताएका थिए।उपमहासचिव शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएपछि यो विषयमा स्थायी समितिमा छलफल हुनेछ। ‘शनिबारको स्थायी समिति बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ,’ एक पदाधिकारीले भने।अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक रूपमा उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै आपत्ति जनाएपछि उनले राखेको प्रस्ताव र अनुशासनको विषय एकसाथ उठाइएको छ। ‘पार्टीको आन्तरिक विषयलाई सार्वजनिक कार्यक्रमहरूमा उठाउनु नै अनुशासनको विषय थियो। त्यसैले स्थायी समितिमा यसबारे छलफल हुनुपर्छ भनेका हौं। शनिबार छलफल हुन्छ,’ एक पदाधिकारीले भने। अध्यक्ष दाहालले साउन ७ मा पुष्पलाल स्मृतिसभामा पार्टीले ‘जनवाद’को उच्चतम अभ्यास गर्न दिएको बताएका थिए। ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ। उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ दाहालले भनेका थिए।शर्माले भने मंगलबार त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा चारबुँदे प्रस्ताव अघि सारेर विशेष महाधिवेशनको माग गरेका थिए। सामाजिक सञ्जालमार्फत शर्माले ‘पार्टी फुट्छ’ भन्ने प्रचार माथिबाटै लगातार भइरहेको बताउँदै जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेका हुन्। अध्यक्ष दाहालसँग सार्वजनिक रूपमै मतभेद राखेका उपमहासचिव शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशन माग गरेका थिए। उनले त्यसक्रममा चार बुँदे प्रस्ताव पनि राखेका थिए। यो विषयमा शनिबारको बैठकदेखि कुरा उठाउने शर्मा पक्षको तयारी छ।शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि व्याख्या विश्लेषण गरेका थिए। दाहालले राखेको अजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने छन्। उपमहासचिव हरिबोल गजुरेलले पार्टीमा अन्तरविरोध स्वाभाविक भएको बताए । शनिबार ११ बजे पुनः बैठक बस्नेछ।अध्यक्ष दाहालले असोजको तेस्रो साता बस्ने गरी केन्द्रीय समितिको बैठक प्रस्ताव गरेका छन्। उनले बर्खाका कारण रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ बाट सुरु गरी पूर्णता दिने बताएका छन्।