Redirecting...

सान्नानटारमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु - kendrabindu.com

सान्नानटारमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु - kendrabindu.com
Source: kend

बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार दाडको राप्ती गाउँपालिका ६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । मोटर साइकललाई ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्ले निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।