१० दिन धामीको भर, अन्तिममा ‘बलेरो एम्बुलेन्स’को सहारा : मृत्युको मुखबाट यसरी जोगिइन् गीता - www.ukeraa.com
Source: uker
बुटवल : गुल्मीको मालिका गाउँपालिका-१, सल्लाखर्ककी १८ वर्षीया गीता पुनलाई १० दिनदेखि ज्वरोले थला पार्‍यो। सुरुमा सामान्य ज्वरो भन्ठानेर उनले न अस्पताल जाने सुर गरिन्, न त परिवारले नै। गाउँले चलन, उनले परम्परागत धामीझाँक्रीकै भर परिन्। तर, १० दिन बित्दा पनि ज्वरोले छोडेन, बरु झन्-झन् गाल्दै लग्यो। अघिल्लो पटक बिरामी हुँदा पनि यसैगरी घरमै उपचार गर्ने र …