भारतविरुद्ध नेपालको फराकिलो जित, राशिदको सानदार अलराउन्ड प्रदर्शन - farakdhar.com
Source: FRDH
हङकङ सिक्सेसअन्तर्गत बाउल लिगमा नेपालले भारतविरुद्ध ९२ रनको जित निकालेको छ । यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा बिनाविकेट १३७ रन बनायो । नेपालका लागि राशिद खानले १७ बलमा ६ छक्का र चार चौकासहित ५५, सन्दीप जोराले १२ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ४७ तथा लोकेश बमले सात बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३१ रन बनाए । १३८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत तीन ओभरमा ४५ रनमै अलआउट भयो । उसका लागि भरत चिपली र प्रियांक पञ्चालले सर्वाधिक १२ रन जोडे । नेपालका ...