Redirecting...

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै - www.hamrokhelkud.com

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा बराबरी गर्दै ७ अंक जोडेको छ। अर्कोतर्फ इस्ट बंगालले सबै ३ खेल जित्दै ९ अंक जोडेको छ। यी दुई टोलीबीचको खेल साझ ६ बजे सुरु हुनेछ। एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले ४-० ले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो। दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराएको थियो। अर्कोतर्फ ट्रान्सपोर्टलाई ४-०, कराँचीलाई २-० र नासिरलाई ७-० ले हराएको थियो। दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपिएफले ५ गोल मात्रै गर्न सकेको छ। इस्ट बंगालले १३ गोल गरिसकेको छ। एपिएफले उपाधि जित्नका लागि बलियो टोली इस्ट बंगाललाई हराउनुको विकल्प छैन। त्यसको परिक्षण आजको खेलमा हुनेछ। कराँची पनि बाहिरि सकेको छ।आज दिउँसो २ बजे पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्रान्सपोर्ट र नासिर बीच हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् । The post फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै first appeared on हाम्रो खेलकुद.