मधेश प्रदेशका आठमध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – खडेरीका कारण सङ्कटग्रस्थ मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा रहेको छ । यतिबेलासम्ममा झन्डै ८५ प्रतिशत रोपाइँ भइसक्नुपर्ने महोत्तरी, सप्तरी र धनुषामा अझै पनि ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । सिरहामा पनि ५० प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ भएको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार महोत्तरी ३९ दशमलव ७३ प्रतिशत, सप्तरीमा ४० र धनुषामा ४० प्रतिशतमा क्षेत्रफलमा रोपाइँ भएको छ । सरकारी तथ्याङ्क यति भए पनि वास्तविक रोपाइँ भने...