दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति - kendrabindu.com
Source: kend
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी हिजो मध्यरातमा पक्राउ परेका थिए ।