Redirecting...

यी प्रदेशमा हुनेछ वर्षा र हिमपात - bishwokhabar.com

यी प्रदेशमा हुनेछ वर्षा र हिमपात - bishwokhabar.com
Source: bsbk

काठमाडौं– देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन । बादल, वर्षा र हिमपातको धेरै सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले भनेको छ । आइतबार (कात्तिक २३) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । “कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ । यस दिन राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।