लघुकथा: वर्ग - sahityapost.com
Source: shpt
पुलिसले धनमानलाई चोर थुन्ने खोरमा हुलिदिएपछि रत्ने आश्चर्यमा पर्यो । रत्ने पटके चोर । उसको त यहाँ आउने-जाने चलिरहन्छ । तर धनमान त टोलकै धनीमानी । उसको बेग्लै इज्जत छ । कतिपटक त रत्नेले पनि धनमानको घरमा आँखा लगाएको छ, चोर्न गएको छ, चोरेर धनमानलाई आजित बनाएको छ । धनमानलाई चोर्दाचोर्दै पक्रिए पनि उसलाई चोरको रूपमा सार्वजनिक गर्ने कि नगर्ने भन्ने बारेमा पुलिसहरूकै बीचमा पनि अन्योलता देखा पर्यो । अन्त्यमा चौकीदारले कड्केर भन्यो- “धनी होस् कि गरीब होस्; चोर चोर नै हो ।” धनमानलाई देखेपछि रत्ने हड्बडाए जस्तो देखियो । हड्बडमै उसले भन्यो- “दाइ, स्वागत छ ।” धनमानलाई पुलिसले खोरमा हुलिदिएको दिनदेखि एउटा कुरा भने फेरि देखिएन: धनमानको घरमा फेरि चोरी भएन । The post लघुकथा: वर्ग appeared first on साहित्यपोस्ट.